शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ। रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिए। 

उनले भने, ‘त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न। मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ।’ 

प्रकाशित: Aug 28, 2024| 14:39 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्