शनिबार, असार १४, २०८२

नेकपा एसको मतगणनास्थलमा होहल्ला र विवाद

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी मतगणनामा विवाद भएको छ। तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएको हो।

नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्। विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराएका छन्।

पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत खसेको छ। डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियो।

मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ। विवाद भएपछि मतगणना स्थलमा अहिले थप प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित: Aug 27, 2024| 21:39 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्