बुधबार, वैशाख ९, २०८३

भिउसखोलाको पुल बाढीले भत्काउँदा पठनपाठन बन्द

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

सुर्खेत- बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका-६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ। खोला तर्न नसक्दा विद्यार्थीहरु विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन्।

National life

विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो। विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए। 'पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ', उनले भने।

विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन्। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए। 

प्रकाशित: Aug 27, 2024| 19:01 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्