शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा परराष्ट्रमन्त्री राणाको ब्रिफिङ- भारत भ्रमण सफल भयो

कांग्रेस बैठकमा परराष्ट्रमन्त्री राणाको ब्रिफिङ- भारत भ्रमण सफल भयो

 |  शुक्रबार, भदौ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

vianetvianet

काठमाडौं- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा उनले आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी गराएकी हुन्। नेपाल र भारतबीचको आपसी सद्भाव अभिबृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताइन्।

परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्केकी हुन्। कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन्। उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाइन्।

मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उल्लेख गरिन्।


 

प्रकाशित: Aug 23, 2024| 18:22 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्