बुधबार, चैत २५, २०८२

मर्स्याङ्‍दी बस दुर्घटनाका मृतकको संख्या १८ पुग्यो

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

National life

शुक्रबार भारतीय नम्बर प्लेटको यात्रुवहाक बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरानजिकै मर्स्याङ्दीमा खसेको थियो।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार दिउँसो मर्स्याङ्दी नदीमा खसेको थियो।

बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक रहेको र उनीहरू सबै भारतीय भएको प्रहरीको भनाइ छ।

kumari

प्रकाशित: Aug 23, 2024| 18:21 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्