सोमबार, भदौ ३०, २०८२

शेफर्ड कलेजमा चलचित्रको पढाइ सुरु

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

vianetvianet

काठमाडौंको शान्तिनगरस्थित शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा चलचित्रको पढाइ सुरु भएको छ। मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपिएको हो।

Kumaribank

अहिलेसम्म रेडियो, टिभी र प्रिन्ट मिडियाको पढाइ भइरहेकोमा अब सिनेमा पनि थप भएको कलेजकी प्रिन्सिपल कविता शर्माले जानकारी दिइन्। 'भौतिक पूर्वाधार र फ्याकल्टी तयार भएपछि विश्वविद्यालयले स्वीकृति दिएको हो। अब यही शैक्षिक सत्रबाट सिनेमाको विषयमा पनि पढाइ हुन्छ,' उनले भनिन्, 'विद्यार्थीहरुले थेसिस पनि यही विषयमा लेख्नुपर्छ र इन्टर्नशीप पनि यसमै गर्नुपर्ने हुन्छ।'

स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट सिनेमाको पढाइ शेफर्ड कलेजले सुरु गरेको उनले बताइन्। प्रविधिको विकाससँगै विद्यार्थीहरुको रुचिअनुसार समसामयिक विषयहरु थप गर्दै लैजाने उनको भनाइ छ।

सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालको पहिलो र एकमात्र मिडिया टेक्नोलोजी कलेज हो। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले २०१० बाट स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो। हालसम्म कलेजबाट करिब चार सय जनाले स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका छन्।

शेफर्ड कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) को पढाइ हुन्छ। बीएमटीमा बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गरिएको प्रिन्सिपल शर्माले जानकारी दिइन्।

Metro Mart

यसमा आईटी र डिजिटल मिडियलाई प्राथमिकता दिइएको उनको भनाइ छ। बीएमटी चार वर्षे र एमएमटी दुई वर्षे कोर्स हो। बीएमटीमा ४० जना र एमएमटीमा ३० जना विद्यार्थीले हरेक वर्ष भर्ना पाउँछन्।


 
 

प्रकाशित: Aug 21, 2024| 17:23 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्