शनिबार, जेठ १६, २०८३

पार्टी विभाजनको हल्ला निराधार हो: प्रचण्ड

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनको हल्ला गलत भएको बताएका छन्।

आज बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले पार्टीमा भएका भ्रम र आशंका अहिले बसेको स्थायी कमिटी बैठकबाट चिरिएको बताएका हुन्।  ‘पार्टी फुट्ने हल्ला निराधार हो,’ उनलले भने, ‘पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो। कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आशंका गलत हो।’

त्यस्तै उनले  केपी ओली नेतृत्वको वर्तमान सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने पनि बताएका छन्।  उनले भने, ‘यो सरकारको विषयमा म केही दिनमा संसद्‌मै बोल्छु।’ टीआरसी विधेयकका सवालमा दाहालले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए।

प्रकाशित: Aug 15, 2024| 17:32 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्