मंगलबार, पुस १, २०८२

दुर्घटनापछि गठ्ठाघरमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ। विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास चलाएको हो।

National life

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ। प्रहरीकै कारण दुर्घटना भएको दाबी प्रत्यक्षदर्शीले गरेपछि स्थिति तनावपूर्ण बनेको हो। दुर्घटना गराउने ट्रक चालक फरार रहेको बताइएको छ।

बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घटनास्थलमै एक महिलाको मृत्यु भएपछि तनाव बढेको थियो। त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका थिए।

उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन्। प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन्।

घटना आज दिउँसो पौने दुई बजेतिरको हो। प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो।

Laxmi sunrise bank
kumari

स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ भने चालकको अवस्थाबारे केही खुलेको छैन। मृतकको अहिलेसम्म पहिचान भएको छैन। घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ। त्यसमा किताब-कपीहरू भेटिएका छन्। e9aa47b0-0c35-4f8b-a9a4-f43c0e33d5a1-1723711903.jpeg
 

प्रकाशित: Aug 15, 2024| 17:12 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्