मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको मृत्यु, सडक अवरुद्ध

भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको मृत्यु, सडक अवरुद्ध

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ। ना ६ ख २१७३ नम्बरको ट्रकले नम्बर नखुलेको स्कुटरलाई ठक्कर दिएको हो।

National life

घटना आज दिउँसो पौने दुई बजेतिरको हो। प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो।

स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ भने चालकको अवस्थाबारे केही खुलेको छैन। मृतकको अहिलेसम्म पहिचान भएको छैन। घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ। त्यसमा किताब-कपीहरू भेटिएका छन्।

ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ। दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन्। दुर्घटनापछि अहिले भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 15, 2024| 14:37 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्