बिहीबार, भदौ ४, २०८३

सिन्धुलीमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–४ चियाबारी नजिक बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार अन्य १२ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेहरूलाई अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

घटनास्थलमै मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका-६ का पृथ्वी भुजेल र उदय मगर रहेका छन्। पवन मस्रांगीको उपचारको क्रममा सिन्धुलीको अस्पतालमा मृत्यु भएको छ।

गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान ओसारपसार गर्ने डबल क्याब कोबोलेरो दुर्घटनामा परेको हो।

घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ। उनीहरुलाई काठमाडौं पठाइएको छ। 

प्रकाशित: Aug 15, 2024| 11:47 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्