काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन्।
शुभकामना सन्देशमा ओलीले भनेका छन्,‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ।’
आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ। यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन्।
७८औँ स्वतन्त्रता दिवसको नारा विकसित भारत रहेको छ। यसअन्तर्गत स्वतन्त्रताको सय वर्षमा भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ। सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ।