शनिबार, जेठ १६, २०८३

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१
National life
Shivam cement

काठमाडौं- उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। बुधबार राति उपचारका क्रममा रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

न्यायाधीश समाज नेपालका अनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ। रेग्मीका श्रीमती र एक छोरी छन्।

न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए। न्याय सेवामा सहसचिव रहेका उनी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए। उच्च अदालत पाटन, हेटौंडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए। पछि उनी जनकपुरबाट पाटन सरुवा भएका थिए।

प्रकाशित: Aug 15, 2024| 09:50 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्