बिहीबार, भदौ ४, २०८३

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

सप्तरी- सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ।

घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज नगरपालिका–५ मा एक मजदुर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिनुभयो। 

पर्खाल झर्दा निजको टाउको, हात र शरीरमा चोट लागेर घाइते भएकी महतोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो। 

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा आजै एक पुरुष मृत्य फेला परेका छन्। निजको पहिचान खुल्न सकेको छैन। 

प्रकाशित: Aug 14, 2024| 21:32 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्