मंगलबार, पुस १, २०८२

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

सर्लाही- सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्। 

National life

आज वडा नं १ हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पसेका थिए। सोही क्रममा साहको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। 

दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

बेपत्ताको खोजी कार्य जारिरहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। 

प्रकाशित: Aug 14, 2024| 18:37 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्