शुक्रबार, असार १३, २०८२

तनहुँमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार

 |  बुधबार, साउन ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

vianetvianet

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ। योसँगै जिल्लामा ६ हजार ७ सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ। 

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका-४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ। आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ। 

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु-८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद-२, शुक्लागण्डकी-७ र म्याग्दे-५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए।

प्रकाशित: Aug 14, 2024| 18:31 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्