बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कालिकामाई गाउँपालिकामा तालाबन्दी, समस्या समाधान नभए अध्यक्षको घर घेर्ने चेतावनी

Siddartha premir insuranceSiddartha premir insurance

कालिकामाई गाउँपालिकामा तालाबन्दी, समस्या समाधान नभए अध्यक्षको घर घेर्ने चेतावनी

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

ntc landingntc landing

वीरगन्ज- पर्साको कालिकामाई गाउँपालिकामा मंगलबार तालाबन्दी भएपछि स्थानीय सरकारको सेवा ठप्प भएको छ। गाउँपालिकाका बहुमत जनप्रतिनिधि तथा स्थानीय जनताले गाउँपालिका अध्यक्षको पथभ्रष्ट गतिविधिविरुद्ध तालाबन्दी गरेका हुन्। 

himalayan bank box

करारमा रहेका स्वास्थ्यका कर्मचारीमध्ये राजनीतिक आस्थाको आधारमा आठ जनाको म्याद नथपिएपछि उनीहरुले विगत १० दिनदेखि पालिकाको मूल गेटमा धर्ना दिँदै आएका छन्। कार्यालयमा गाउँपालिका अध्यक्ष बशिष्ट कुमार र कर्मचारी आउन छोडेपछि समस्या समाधानका लागि दबाब दिन कांग्रेस, एमाले र त्यहाँका निर्बाचित जनप्रतिनिधिसहित स्थानीय बासिन्दाले पालिकाको गेटमा धर्ना र प्रदर्शन समेत गरेका छन्।

प्रदर्शनपछि पालिका उपाध्यक्ष राजमती देवी, वडाअध्यक्ष सोनालाल चौरसिया, सञ्जय कुमार पटेल र सञ्जय कुमार साह लगायत बहुसंख्यक गाउँसभा सदस्य र समर्थनमा गाउँगाउँबाट आएका सर्बसाधारणले तालाबन्दी गरेका छन्। छिटोभन्दा छिटो पालिकामा पुगेर त्यहाँको समस्या समाधान नगरे पालिकाका आम जनताले पालिका अध्यक्षको घर घेर्ने कार्यक्रमका बक्ताहरुले चेतावनी समेत दिएका छन्। 

कार्यक्रममा निर्बाचित जनप्रतिनिधिका साथै त्यहाँ समर्थन गर्न पुगेका नेपाली कांग्रेसका अजय कुमार पटेल, नेकपा एमालेका पवन तिवारी, समाजसेवी अरमान खान, नेपाल सिएमए संघका जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद साह लगायतले सम्बोधन गरेका थिए। बक्ताहरुले गापा अध्यक्ष भागेर वीरगञ्जमा समस्याको समाधान खोज्नु भन्दा पालिकामा आई समस्या समाधान गर्न जोड दिएका छन्। उनीहरुले यो समस्या समाधान नगरी अध्यक्ष पन्छिन खोजे उनको घर घेराउ गर्ने चेतावनी समेत दिएका छन्। स्थानीय सरकार प्रमुखको नाताले समस्याको मुख्य जिम्मेवार गापा अध्यक्ष नै रहेको उनीहरुको भनाइ छ।

बिगत नौ वर्षदेखि कार्यरत स्वास्थ्यका कर्मचारीलाई माघ महिनामा निर्णय खडा गरी म्याद नथप्ने र उनीहरुको ठाउँमा गापा अध्यक्षको पार्टीबाट चुनाव लडी पराजित भएकाहरुलाई प्रकृया पुर्याई नियुक्ति दिने गरीएको गोप्य निर्णय बाहिर आएपछि कर्मचारी आन्दोलित भएका हुन्। म्याद नथपिएका कर्मचारीमा अधिकांश प्राबिधिक कर्मचारी रहेको र उनीहरुको कार्य सम्पादन मूल्याङ्कनमा ८०५ भन्दा बढी नम्बर रहेको छ।

उनीहरु ससर्त अनुदानको बजेटबाट तलब खाँदै आएका छन्। आन्दोलन जारी भएपछि जनशक्ति अभावका कारण स्वास्थ्य संस्था सन्चालन गर्न समस्या भएको स्वास्थ्य चौकी ईन्चार्जहरुले सार्बजनिक रुपमै यसअघि नै बताइसकेका छन्। 


 

प्रकाशित: Aug 13, 2024| 20:14 मंगलबार, साउन २९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्