शनिबार, जेठ १६, २०८३

टीआरसी विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१
National life
Shivam cement

काठमाडौं- संक्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले रिट दायर गरेका हुन्।

विवादित विषयमा दलहरुबीच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी भइरहेका बेला विधेयकमा रहेका विभिन्न बुँदा नेपालको संविधान, कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको रिट निवेदनकर्ताले बताएका छन्।

प्रकाशित: Aug 13, 2024| 16:52 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्