सोमबार, भदौ २४, २०८१

कांग्रेस महामन्त्री गगनले देखे प्रधानमन्त्री ओलीको मिहिनेत

 |  मंगलबार, साउन २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले मिहिनेत गरिरहेको आफूले देखेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बै‌ठकको विशेष समयमा बोल्ने क्रममा उनले जनअपेक्षाअनुसार ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मिहिनेत गरिरहेको बताएका हुन्।

triton college

मन्त्रीहरूले भने कार्ययोजना बनाएर काम गर्नु आवश्यक रहेको उनले बताए । ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु, मन्त्रीहरूले पनि खादा माला लाउन छाडेका छन्। प्रधानमन्त्रीले भनेजस्तै यो २४ महिनामा धेरै काम गर्न सकिन्छ। एक महिना सकियो, अब मन्त्रीहरूलाई हामी सबैको शुभेच्छा छ। हामी कामको आधारमा प्रश्न गर्न सक्छौं। २४ महिनाका लागि एक महिने तयारी सकिएको छ। अब कामले गति लिनुपर्छ।’

मन्त्रीहरूलाई २४ महिनाका लागि प्रत्येक महिनाको योजना बनाउन उनले सुझाव दिए। ‘प्रत्येक मन्त्रालयसँग जोडिएका सानातिना कामले परिवर्तन दिलाउँछ। बद्री पाण्डेले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेपछि ठूला दुई हवाई दुर्घटना भए। मैले बुझेसम्म पर्यटनमन्त्री गम्भीर हुनुहुन्छ।’

थापाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अलग गर्ने कामलाई पर्यटनमन्त्रीले अघि बढाइसकेको जानकारी आफूले पाएको पनि बताए। थापाले नेपालबाट कोरिया जाने हवाई भाडा संसारकै महँगो रहेको भन्दै यो रुटमा नेपाल वायुसेवा निगमको जहाज पठाउन पनि सरकालाई आग्रह गरे।

थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै उनले प्रश्न उठाएका हुन्।

Metro Mart
vianet

'माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो। चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ। त्यसका विरुद्धमा पूरक उजुरी परेको छ। यो प्रमाण हो भन्नुभएको थियो। उहाँ अहिले उता हुनुहुन्छ। यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन,' थापाले भने। उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए।

थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।

'अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ। सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ। यति अभियोजन भएको छ। यति थप अनुसन्धान हुन्छ। अदालतमा विचाराधीन छ। यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कँदैन। यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,' थापाले भने।

प्रकाशित: Aug 13, 2024| 14:57 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्