बिहीबार, भदौ ४, २०८३

मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

मधेश प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ। मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ। जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चारैतिर आलोचना हुन थालेपछि राज्यमन्त्री हटाइएका हुन्।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: Aug 13, 2024| 11:46 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्