शनिबार, जेठ १६, २०८३

२२ हजार करदाताले बुझाएनन् वार्षिक कर

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

जनकपुरधाम- आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफै कार्यालय आइ तिर्नुपर्ने कर नबुझाएको कार्यालयबाट जानकरी प्राप्त भएको छ।

National life

सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ। त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिक कर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ। कर नबुझएमा कानूनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ।

यसैगरी, पटकपटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानूनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए।

लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन्।

कार्यालयबाट उपलब्ध तथ्यांक विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनमा वृद्धि भएको जनाएको छ। प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७० करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४४ करोड रूपैयाँ संकलन भएको थियो।

Shivam cement

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ४६ करोड ६३ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख बर्ताैलाले जानकारी दिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत एक अर्ब ४५ करोड ४७ लाख, घरभाडाबापत छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार, मूल्य अभिवृद्धि करबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्कबापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्य करबापत ११ लाख तीन हजार र शिक्षा करबापत ४९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो।

प्राप्त विवरणमा गत आव ०८०/८१ मा आय करबापत एक अर्ब १९ करोड ३८ लाख ७१ हजार रूपैयाँ, घरभाडाबापत तीन करोड ५० लाख २२ हजार रूपैयाँ, ब्याजकरबापत सात करोड २० लाख ७४ हजार, मूल्य अभिवृद्धि करबापत ९७ करोड ७८ लाख ६२ लाख रूपैयाँ, अन्तशुल्क करबापत एक अर्ब ५४ करोड ६६ लाख २१ हजार रूपैयाँ, स्वास्थ्य करबापत १५ लाख ३१ हजार रूपैयाँ, शिक्षा करबापत एक लाख ६८ हजार रूपैयाँ तथा अन्य करबापत १२ लाख २६ हजार रूपैयाँ गरी कुल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस

प्रकाशित: Aug 11, 2024| 19:01 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्