बुधबार, असार ३, २०८३

६ महिनामा ९० गीत रेकर्ड गरिन् गायिका रेखा पोखरेलले

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

काठमाडौं ।  रेखा पोखरेल ‘भाग्यमा श्री छ’ बोलको  गीतबाट चर्चामा आएकी गायिका हुन्। 

National life

सानै उमेरदेखि गीत गाउन र समाजसेवामा रुचि भएकी उनले काठमाडौं आएसँगै ६ महिनाको अन्तरमा ९० भन्दा बढी गीत रेकर्ड गरेको दाबी गरेकी छन्।

गीत/संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत गायिका पोखरेल पछिल्ला दिनमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छन्। गायिका पोखरेलका भाग्यमा श्री छ, ऐना हेरेर भाटु, हत्केलाले आँखा छेक्छ सूर्य छेक्दैनलगायत गीत चर्चामा रहेका बेला उनका ६ वटा गीत रिलिजको तयारीमा छन्। 

गायिका पोखरेल गीत संगीत क्षेत्रको सफल कलाकारको रुपमा आफूलाई दर्ज गर्न सफल बनिरहँदा उनले एकै दिनमा ७ वटा लाइभ दोहोरी गीत रेकर्ड गरेकी छन् भने ५ वटा गीतमा एकै दिनमा स्वर भरेकी  छन्। 

उनले अहिलेसम्म ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन्। जुन उनकै स्वरमा रहेका गीतहरू हुन्।  गायिका पोखरेल अष्ट्रेलिया र अमेरिकाका  कार्यक्रमका लागि पनि तयारी भइरहेको बताउँछिन्। तीज विशेष अवसरमा रेखा  दाङको भालुवाङ र घोराइका  विभिन्न  कार्यक्रममा सहभागी हुँदैछन्।

Shivam cement

प्रकाशित: Aug 13, 2025| 19:16 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्