शनिबार, जेठ १६, २०८३

कर्णाली सरकारमा चार मन्त्रीसहित कांग्रेस सहभागी हुँदै 

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१
National life
Shivam cement

काठमाडौं- कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। नेकपा एमाले नेतृत्वको सरकारमा चार मन्त्रीसहित कांग्रेस सहभागी हुने भएको हो।

शुक्रबार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन्।

प्रकाशित: Aug 02, 2024| 12:56 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्