बुधबार, असार ११, २०८२

लिटमस केबलको ‘पावर पार्टनर्स मिट’

 |  मंगलबार, साउन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

vianetvianet

काठमाडौं- नेपाली वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रीले दोस्रो ‘पावर पार्टनर्स मिट–०८१’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा देशैभरबाट लिटमसका डिलर, वितरक, एमइपी, इपिसी तथा कर्पोरेट पार्टनर्सहरूको उपस्थिति थियो। कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको पाँच दशकको यात्रा र उपलब्धिबारे चर्चा गरेका थिए। कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा)का सचिवसमेत रहेका सरोज मिश्राले लिटमसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे प्रकाश पारे।

सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वाकांक्षी र रणनीतिक भावी योजनाअन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिटमस २.०’ बारे पनि सहभागीलाई जानकारी गराइएको थियो। कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्यान्ड, इकोवायरजेडएच र इमर्जिङ डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरलाई पुरस्कृत पनि गरेको थियो।

 

प्रकाशित: Jul 30, 2024| 16:50 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्