शनिबार, जेठ १६, २०८३

एकैपल्ट २२ जना सचिवको सरुवा, अर्थका दुवै फेरिए

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

काठमाडौं- सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो।

National life

अर्थसचिवको जिम्मेवारी राजस्व सचिव रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थसचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ। 

अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई दिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ।

बैठकले विभिन्न देशमा राजदुत सिफारिस गर्ने निर्णय पनि गरेको छ। नियुक्त समेत गरेको छ

Shivam cement

प्रकाशित: Jul 29, 2024| 20:18 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्