मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अल्बर्टा क्यानाडामा नेपाल चेम्बर अफ कमर्श खुल्यो

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

काठमाडौं- क्यानाडाको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श स्थापना भएको छ। क्यानाडाका लागि नेपाली राजदुत भरतराज पौडयाल, एबी प्रान्तका कानुनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरु जर्ज चहल, एसराज ह्यालेनसहितको उपस्थितिमा चेम्बर अफ कमर्श खुलेको हो। ।

triton college

एएनसीसीका अध्यक्ष समीर पाण्डेले नेपाल र क्यानाडाको एबी प्रान्त बीच आर्थिक र सामाजिक विकास, पर्यटन प्रवद्र्धन, व्यापारिक सम्बन्ध र दुई देशका सरकारबीच ब्रिज चेम्बरको उद्धेश्य रहेको उल्लेख गरे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भरतराज पौड्यालले एएनसीसी आर्थिक, समाजिक, पर्यटन प्रवर्धनको विकासका लागी कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । एएनसीसीलाई नेपाल सरकारका तर्फबाट सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।

एनआरएनए क्यानाडाका अध्यक्ष माधव दुलाले एएनसीसीले नेपाल र क्यानाडाबीचको व्यापारिक र सांस्कृतिक सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।  

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एबी प्रान्तीय सरकारका कानुनमन्त्री मिक्की एमेरीले आफ्नोतर्फबाट एएनसीसीलाई पूर्ण सहयोग रहने आश्वासन दिँदै यसले नेपाल सरकार र एबी सरकारबीच ऐतिहासिक सम्बन्धको सुरुवात गरेको उल्लेख गरे ।

Metro Mart
vianet

 

 

प्रकाशित: Jul 28, 2024| 16:59 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्