मंगलबार, पुस ८, २०८२

मेचीनगरमा आन्तरिक राजस्व संकलन १३ करोडभन्दा बढी

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

झापा- मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रूपैयाँ संकलन गरेको छ।

National life

आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुईसय रूपैयाँ बढी राजस्व संकलन भएको हो।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व ११ करोड ६१ लाख २१ हजार छ सय ९७ रूपैयाँ संकलन भएको जानकारी दिइन्। एक वर्षमा दुई करोड रूपैयाँको हाराहारीमा आन्तरिक आयस्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताइन्।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व संकलन गर्दै आएको छ। सम्पत्ति करतर्फ तीन करोड ४० लाख १९ हजार छ सय ४५ रूपैयाँ र अन्य सेवा शुल्कबापत दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ रूपैयाँ संकलन भएको छ। व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर संकलन गरिने उनले जानकारी दिइन्।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी एक करोड ७६ लाख २७ हजार सातसय एक रूपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

Laxmi sunrise bank
kumari

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले ५९ लाख ७९ हजार ४३ रूपैयाँ संकलन गरेको छ।

नगरपालिकाले चालु आवमा १६ करोड ७७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए। चालु आवमा नगरको कुल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रूपैयाँ रहेको छ। रासस

प्रकाशित: Jul 28, 2024| 17:01 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्