मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘बचतको सम्मान र सही लगानी’ बारे जानकारी दिन लक्ष्मी सन्‌राइज बैंकले ल्यायो नयाँ भिडियो

‘बचतको सम्मान र सही लगानी’ बारे जानकारी दिन लक्ष्मी सन्‌राइज बैंकले ल्यायो नयाँ भिडियो

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

काठमाडौं- लक्ष्मी सन्‌राइज बैंकले ‘बचतको सम्मान र सही लगानी’बारे जानकारी दिन भिडियो सार्वजनिक गरेको छ। २ मिनेट २० सेकेन्डको यस भिडियाेले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।  

National life

भिडियोको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरूमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ। लक्ष्मी सन्‌राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ। यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ।

यस भिडियो मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ; र बचत गर्नु हुने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ।

तसर्थ, यस भिडियोले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सन्‌राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 28, 2024| 16:58 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्