मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • साइमेक्स इंकद्वारा दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर उद्घाटन

Siddartha premir insuranceSiddartha premir insurance

साइमेक्स इंकद्वारा दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर उद्घाटन

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

काठमाडौं- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । कम्पनीले काठमाडौंको गौरीघाट र लिलतपुरको कुपण्डोलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

triton college

ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइनअनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेहिकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस वे रहेका छन् ।

यस सर्भिस सेन्टरमा बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वायर हाउस छ भने डेन्ट पेन्ट र सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्जसमेतको व्यवस्था छ ।

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन फस्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक सविन तण्डुकारले गरेका हुन् ।

Metro Mart
vianet

त्यसैगरी, ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक इको ड्राइभ अटोमोबाइल्सले ललितपुरको कुपण्डोलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस वे रहेका छन् । यीमध्ये दुईवटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने चारवटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।

सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ वे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वायर हाउसको व्यवस्था छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।

आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध छ । बीवाईडी हेडक्वार्टरका प्रतिनिधिहरूद्वारा समयसमयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

परिस्कृत सर्भिस सेन्टरबाहेक साइमेक्सले आवश्यकताअनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ ।

हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन, बुटवल, नेपालगञ्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिनाभित्रै इटहरी, पोखरा, स्वयम्भु, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउनेछन् ।

‘नयाँ सुविधासहित काठमाडौं उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौँ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्चस्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पूरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’

 

प्रकाशित: Jul 28, 2024| 16:57 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्