मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

काठमाडौं- नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'दुईमा चार अफर' सार्वजनिक गरेको छ ।

triton college

यो अफर अन्तर्गत एकै पल्ट दुई वर्षको पैसा तिर्दा २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ । यो अफर नयाँ तथा पुराना दुवै प्रकारका ग्राहकका लागि आकर्षक रहेको छ ।​

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई वटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् ।

जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याटबाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।

Metro Mart
vianet

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउँछ ।

 

प्रकाशित: Jul 28, 2024| 16:56 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्