मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिपछि हौसिएको सेयर बजारमा १५ अर्ब ८१ करोडको कारोबार

मौद्रिक नीतिपछि हौसिएको सेयर बजारमा १५ अर्ब ८१ करोडको कारोबार

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

काठमाडौं- सेयर बजार परिसूचक नेप्से आज उच्च अंकले बढेको छ। आज नेप्से ११३.४२ अंक बढेर २६८१.५६ बिन्दुमा रोकिएको छ। आजको बढोत्तरी ४.४१ प्रतिशत हो।
आज बजारमा १५ अर्ब ८१ करोड बराबरको ४० लाख ३१ हजार कित्ता सेयर किनबेच भयो।

राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएपछि सेयर बजारमा उछाल आएको हो। मौद्रिक नीति सार्वजनिक भएपछि आज पहिलो सेयर कारोबार भएको हो।

नेप्सेमा आज दुईपल्ट सर्किट ब्रेक लागेको छ। पहिलो पटक बजार खुलेको १ मिनेटमै चार प्रतिशत बजार बढेर २० मिनेटका लागि बन्द भएको थियो।

पहिलो सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि केही सम्हालिएको बजार उच्च अंकले बढेर बन्द भएको छ। आज वाणिज्य बैंकहरुका सेयरधनीले सबैभन्दा बढी कमाए। 

प्रकाशित: Jul 28, 2024| 15:30 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्