बुधबार, असार ११, २०८२

सुनको मूल्य तोलामा एक हजार बढ्यो

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय निर्धारण भएको छ।

शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ। यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० निर्धारण भएको छ।

प्रकाशित: Jul 28, 2024| 11:42 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्