मंगलबार, पुस ८, २०८२

कैलाली भन्सारद्वारा सात अर्ब राजस्व संकलन

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

गोदावरी- कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा  सात अर्ब ९१ करोड ८० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो।

National life

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो।

आव  २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्कबापत २० करोड ४४ लाख र अन्य शुल्कबापत एक अर्ब ५२ करोड रूपैयाँ राजस्व संकलन भएको उनले बताए।

भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा आठ अर्ब २९ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

आव २०७८/७९ मा नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा आठ अर्ब ८४ करोड संकलन भएको थियो।

Laxmi sunrise bank
kumari

यसैगरी, आव २०७६/७७ मा कोभिड-१९ महामारीका कारण चार अर्ब ९२ करोड रूपैयाँमात्रै राजस्व संकलन भएको थियो भने आव २०७५/७६ मा पाँच अर्ब १९ करोड रूपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jul 26, 2024| 06:01 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्