मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

काठमाडौं- ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

National life

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका रेग्मी २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमईमा प्रवेश गरेका थिए।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन्। ग्लोबल आईएमईमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी स्वतन्त्र–महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन्। त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ–संस्थामा संलग्न थिइन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 25, 2024| 16:01 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्