मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दोहोरो अंकले बढ्यो नेप्से

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से ३२ अंकले बढेर दुई हजार २५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ  इन्डेक्स पनि १.५६ प्रतिशतले वृद्धि भएको छ।

triton college

विहीबारको कारोबारमा आएका ३२० कम्पनीको तीन करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। १४३ कम्पनीको  सेयर मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ।

बढेको बजारमा बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेका छन्। यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, मितेरी विकास बैंकका लगानीकर्ताको सेयर मूल्यमा ७.५६ प्रतिशतले गिरावट आएको छ। मान्डु हाइड्रोपावर ४.६८ प्रतिशतले घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये चारवटाको सूचकमा गिरावट आएको छ भने बाँकी नौवटाको सूचकमा वृद्धि भएको छ।

प्रकाशित: Jul 25, 2024| 15:32 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्