आइतबार, भदौ २३, २०८१

nespernesper

लाइन काटिएका ६ उद्योगमा बिजुली आजबाटै जोडिने

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगको बिजुली आज साँझबाट जोडिदिने भएको छ। विद्युत नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका उद्योगको विद्युत जडान गर्ने प्राधिकरणले आजै निर्णय गरेको हो।

triton college

'तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत लाइन जोड्ने। लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ,' प्राधिकरणको निर्णयमा भनिएको छ।

गत २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल उद्योगको लाइन काटिएको थियो। प्राधिकरणले गत असार ११ मा ६१ वटा उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न पत्र पठाएको थियो।

उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ छ। तर विद्युतको बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको थियो। असार २५ मा उक्त समय सकिएकाले प्राधिकरणले बिजुली काट्न सुरु गरेको थियो।

प्रकाशित: Jul 23, 2024| 16:56 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्