मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कृष्णनगर विद्युत केन्द्रले एक वर्षमा उठायो एक अर्ब २८ करोड राजस्व

कृष्णनगर विद्युत केन्द्रले एक वर्षमा उठायो एक अर्ब २८ करोड राजस्व

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

कपिलवस्तु- नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सातसय ९२ रूपैयाँ राजस्व संकलन गरेको छ। वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो।

National life

कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भने, 'आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार आठसय ५१ रुपैयाँ संकलन गरेको थियो।'

गत आवमा नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँचसय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए। आव ०७९/८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो। गतवर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सफल भएको हो। हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी आठ लाख १९ हजार सात सय २२ रूपैयाँ संकलन गरेको छ।

कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपैयाँ, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत दुई लाख ४४ हजार चार सय ४१ रूपैयाँ जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत तीन लाख तीन हजार नौ सय ५३ रूपैयाँ, बन्दी मिटरबाट चार लाख २९ हजार चार सय ७५ रूपैयाँ असुल गरेको छ। विद्युत् महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत छ करोड ७५ लाख आठ सय ३३ रूपैयाँ संकलन गरेको हो।

केन्द्रले सडक बत्तीको सात करोड चार लाख ३७ हजार नौ सय ८३ रूपैयाँ बक्यौता रहेको जनाएको छ। सरकारी अनुदान बक्यौता ६ करोड ६ लाख ३३ हजार एक सय ७७ रूपैयाँ रहेको छ।

वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ।

आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन्। बाँकी पाँचवटा योजना सञ्चालनको चरणमा छन्। कृष्णनगर वितरण केन्द्र मातहत कुल ५० हजार पाँच सय ८१ ग्राहक छन्। रासस

प्रकाशित: Jul 24, 2024| 07:01 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्