मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैंची र अदुवा निर्यात

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैंची र अदुवा निर्यात

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

झापा- पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रूपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ।

National life

उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रूपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख रूपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ। सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो।

Laxmi sunrise bank
kumari

आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजार रूपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए। रासस

प्रकाशित: Jul 23, 2024| 21:01 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्