शुक्रबार, जेठ १५, २०८३

भारतले नेपाललाई ७०० करोड भारु अनुदान दिने

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौं- भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४-२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ।

National life

मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख छ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ। भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने गर्छ। भुटानलाई आगामी वर्ष भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७ सय ७३ करोड भारु छुट्याएको छ। त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८ सय ८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८ सय ५१ करोड भारु छुट्याएको छ।

तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो। एनडीए गठबन्धनको मुख्य घटक जेडीयू र टीडीए शासित राज्य बिहार र आन्ध्र प्रदेशका लागि बजेटमा छुट्टै ठूलो घोषणा गरिएको छ ।

Shivam cement

 

प्रकाशित: Jul 23, 2024| 13:45 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्