आइतबार, चैत २९, २०८२

एक वर्षमा भित्रियो २३ अर्ब ६५ करोडको सुन

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौं- गत आर्थिक वर्ष २०८०-८१ मा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको सुन आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले यो रकमको सुन आयात गरेको हो।

National life

यसैगरी गत आवमा १० अर्ब ५७ करोड २४ लाखबराबरको कार्पेट र  सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैंची निर्यात गरेको छ । गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ।

गत आवमा एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोन  २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।

नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा  १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको हो।

अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९-८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार  १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।

kumari

प्रकाशित: Jul 23, 2024| 12:28 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्