बुधबार, भदौ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलनमा वृद्धि

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलनमा वृद्धि

 |  सोमबार, साउन ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

vianetvianet

बैतडी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने निर्यात शून्य देखिएको छ।

Kumaribank

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए। उनका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व संकलन भएको छ।

कार्यालयले गत आवमा ५१ लाखको लक्ष्य राखेकामा ८६ लाख ८४ हजार ९० रूपैयाँ राजस्व संकलन गरेको प्रमुख झाले बताए। उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० रूपैयाँ बढी राजस्व संकलन भएको हो। भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको कार्यालयले जनाएको छ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्ने अवस्था थियो। आव २०७९/८० मा ३८ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ३५ लाख ३८ हजार रूपैयाँमात्रै संकलन भएको थियो।

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए। यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुँडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन्। झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौंबाट ल्याउने गरेका छन्। रासस

Metro Mart

प्रकाशित: Jul 22, 2024| 20:01 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्