शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक राजस्व कार्यालय हेटौँडाले उठायो ६ अर्ब ६६ करोड राजस्व

Siddartha premir insuranceSiddartha premir insurance

आन्तरिक राजस्व कार्यालय हेटौँडाले उठायो ६ अर्ब ६६ करोड राजस्व

 |  सोमबार, साउन ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

बागमती- आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा ६ अर्ब ६६ करोड ९९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो।

triton college

उक्त अवधिमा अन्तशुल्कतर्फ तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकरतर्फ एक अर्ब १८ करोड ७१ लाख २४ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ३७ करोड २३ लाख २५ हजार, ब्याजकरतर्फ आठ करोड ३९ लाख ५४ हजार, घरबहालकरतर्फ दुई करोड नौ लाख २५ हजार र स्वास्थ्य सेवा करबाट ६२ करोड ४५ लाख नौ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए।

मकवानपुरमा विगतमा सञ्चालित तीन वटा मन्दिरा उद्योग बन्द भएको तथा बालुवा, गिट्टी, ढुंगा उत्खननको ठेक्का नलाग्नु, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कटौती, विभिन्न समानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायत कारणले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको उनले बताए।

यसैबीच वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातामाथि सो कार्यालयले कारबाही अघि बढाएको छ। कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले ती करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन्। प्रमुख भट्टराईले भने, 'आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारबाही प्रक्रिया सुरु गरेका छौँ।' पहिलो चरणमा आयविवरण नबुझाउने करदातालाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराइने उनले बताए।

Metro Mart
vianet

साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताए। व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपयको मृत्यु भएको, वैदेशिक रोजगारीमा गएका र कतिपयले व्यवसाय बिक्री गरिसकेकाले समयमा आय विवरण नबुझाउनेको सङ्ख्या बढी देखिएको उनको बुझाइ छ। मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन्। रासस

प्रकाशित: Jul 22, 2024| 18:31 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्