मंगलबार, पुस ८, २०८२

महजोडी बने हिमगिरी सोपको ‘ब्रान्ड एम्बेस्डर’

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

विराटनगरको हिमगिरी सोपले नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेस्डर तोकेको छ।

National life

कम्पनीले जनाएअनुसार महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर तोकिएको हो। निकै आक्रामक बजार विस्तार गरिरहेको हिमगिरीले धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु, मास्कलगायत उत्पादन गर्दै आएको छ। सरसफाइसम्बन्धी बस्तुको उत्पादनका लागि खोलिएको उद्योगमा उद्योगी महेश जाजू र प्रकाश मुन्दडाको लगानी छ। यसमा ३२ करोड रुपैयाँभन्दा बढी लगानी भएको मुन्दडाले बताएका छन्।

हिमगिरी सोपका अध्यक्ष महेश जाजुले स्वदेशमै सरसफाइसम्बन्धी उद्योग स्थापनापछि स्थानीय उत्पादन वृद्धि भएको सुनाए।

दुई दशकअघि उद्योगी जाजू र मुन्दडाले मोरङको टंकीनिसवारीमा अवस्थित हिमालय सोप खरिद गरेका थिए। त्यहाँपछि हिमगिरी सोप एन्ड केमिकल्स प्रा.लि.को नामबाट नयाँ उद्योग सञ्चालन गरिएको थियो। कोरोनाकालमा समेत मास्क, सेनिटाइजर जस्ता सामग्रीको अभाव हुँदा स्थानीय रूपमा उत्पादन गरी हिमगिरीले कोसी प्रदेशको माग धानेको उद्योगी जाजूको भनाइ छ।

प्रकाशित: Jul 22, 2024| 11:38 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्