मंगलबार, पुस ८, २०८२

सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयर प्रालिबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

National life

समझदारीअनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरका सेवामा १२ प्रतिशतसम्म छुट पाउने छन्।

छुट सुविधा बुद्ध एयरका सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ।

सिटिजन्स बैंकले देशैभरिका ६० जिल्लामा फैलिएका १९७ वटा शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: Jul 22, 2024| 11:37 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्