मंगलबार, पुस ८, २०८२

युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन्। काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभाबाट उनलाई साविकको नेतृत्वले अध्यक्षमा नियुक्त गरेको हो।

National life

मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन्।

मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरू संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ। कार्यसमितिको अवधि एक वर्ष हुन्छ।

मञ्चको कार्यसमिति सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुविन श्रेष्ठ नियुक्त भएका छन्। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रूपमा रहन्छन्।

पद तथा गोपनीयताको शपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना ‘भिजन २०२५’ सार्वजनिक गरेका छन्।

Laxmi sunrise bank
kumari

उनको कार्ययोजना लक्ष्यले उत्कृष्टता, प्रगति र नवीनतासहित मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्नसक्ने तहमा पुग्ने गरी सशक्तिकरण गर्ने बताइएको छ। “आगामी वर्षका लागि मञ्चका सदस्यलाई उच्चतम लाभ दिलाउन आकांक्षा थिम प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु,” नवनियुक्त अध्यक्ष श्रेष्ठले भने।

यो थिम चयन गरेर नयाँ नेतृत्वले मञ्चका सदस्यको व्यक्तिगत र सामूहिक आकांक्षालाई स्वीकार गरेको उनले बताए। “आकांक्षाले उत्कृष्टता, प्रगति र नवीनताको हाम्रो अथक प्रयासलाई जनाउँछ,” अध्यक्ष श्रेष्ठले भने।

कार्यक्रममा युवा उद्यमी मञ्चले आफ्ना विभिन्न च्याप्टरलाई सम्मानित गरेको थियो। ललितपुर च्याप्टरले वेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ उपाधि पाएको छ भने, जनकपुर च्याटरलाई वेस्ट रिभाइभिङ च्याप्टरको रूपमा सम्मानित गरिएको मञ्चले जनाएको छ। रुपन्देही च्याप्टरले वेस्ट आइडिया एन्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्त रूपमा वेस्ट च्याप्टरको अवार्ड पाएको छ।

हाल देशभर मञ्चका १३ च्याप्टर छन् भने ८५० भन्दा बढी युवा उद्यमी सदस्यको रूपमा आबद्ध छन्। मञ्चमा आवद्ध उद्यमीबाट सञ्चालित उद्योग, व्यवसायमा ३० हजारभन्दा बढीले रोजगारी पाएका छन्।

 

प्रकाशित: Jul 22, 2024| 11:37 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्