मंगलबार, पुस ८, २०८२

टाटाले ल्यायो ढुवानीतर्फका दुई नयाँ ईभी

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- टाटा मोटर्सले एस ईभीका दुई नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गरेको छ। टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभी सीएलबी र एस ईभी फ्ल्याट बेड नेपाल भित्र्याएको हो।

National life

टाटाले यसको ढुवानीतर्फको ब्रान्ड एस ईभीको माग बढ्दै गएको जनाएको छ। यसबीच कम्पनीले नेपालमा दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।

टाटाका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्राले सन् २०२३ मा सार्वजनिक भएयता एस ईभीले व्यवसायीलाई भरपर्दो र प्रभावकारी सेवा दिएको बताएका छन्। उनले नेपालमा ढुवानीका क्षेत्रमा शून्य–उत्सर्जनतर्फ पनि यो महत्त्वपूर्ण कदम रहेको बताए।

नयाँ ईभी सार्वजनिक गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउने बताए।

एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार रूपैयाँ छ। यस्तै एस ईभी सीएलबीको  मूल्य २२ लाख ७९ हजार रुपैयाँ र एस ईभी फ्ल्याट बेडको मूल्य २१ लाख ९९ हजार रूपैयाँ छ।

Laxmi sunrise bank
kumari

कम्पनीले ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउन २४ सै घण्टा विशेषज्ञसहितको टोली प्रतिबद्ध रहेको जनाएको छ।

 

प्रकाशित: Jul 22, 2024| 11:36 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्