शुक्रबार, जेठ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपे डिरेक्टबाट भुक्तानी गर्दा आईफोन १५ प्रो जित्न सकिने

फोनपे डिरेक्टबाट भुक्तानी गर्दा आईफोन १५ प्रो जित्न सकिने

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” अफर योजना सार्वजनिक गरेको छ।

National life

दुई महिनासम्म चल्ने अभियान भदौ ३१ मा बन्द हुने फोनपले जनाएको छ। अभियानको अन्त्यमा दुई विजेतालाई आईफोन १५ प्रो उपलब्ध हुने फोनपेले बताएको छ। यो मेगा उपहार जित्न प्रयोगकर्ताहरूले फोनपे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्सनमा प्रमोकोड फोनपे डिरेक्ट राख्नुपर्ने छ।

अभियान अवधिमा मोबाइल बैंकिंग एप प्रयोग गरेर फोनपे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा  ट्रान्सफर गर्नु पर्ने कम्पनीले जनाएको छ। फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ अभियान पुनः ल्याउन पाएको खुसी व्यक्त गरेका छन्।

अभियानले आमनागरिकलाई अनलाइन भुक्तानीका लागि प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ। फोनपेले आफ्ना ग्राहकको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता राख्दै आएको बताएको छ।

 

Shivam cement

प्रकाशित: Jul 22, 2024| 11:35 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्