शुक्रबार, जेठ १५, २०८३

मुक्तिनाथ विकास बैंकलाई ‘गोल्ड अवार्ड’

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।

National life

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार–२०२३ मा विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७९/८० का लागि बैंक ‘गोल्ड अवार्ड’बाट पाँचौँपटक सम्मानित भएको हो।

बैंक सोही पुरस्कारबाट आव ०७५/७६ देखि ०७९/८० सम्म लगातार पाँचौँपटक पुरस्कृत भएको छ। आइक्यानले निजी बैंकिङ, वित्तीय सेवा, उत्पादन, शक्ति र ऊर्जा तथा सेवा क्षेत्र गरी पाँच विधा छुट्याएको थियो। विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो।

संस्थाले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण समारोहमा बैंकलाई उक्त पुरस्कार प्रदान गरेको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई सो पुरस्कार हस्तान्तरण गरेका थिए।

त्यस्तै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने नारासहित साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनासमेत ल्याएको छ।

Shivam cement

 

प्रकाशित: Jul 22, 2024| 11:33 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्