मंगलबार, पुस ८, २०८२

ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व संकलन

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

फुङलिङ- ताप्लेजुङमा १८ करोड ७२ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७२ लाख १६ हजार सात सय ९३ रूपैयाँ राजस्व संकलन भएको हो।

National life

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार संघतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कुल बजेट ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रूपैयाँ रहेको थियो। त्यसमा पुँजीगततर्फ २० करोड ९० लाख दुई हजार रूपैयाँ र चालुतर्फ ४२ करोड ९७ लाख ५१ हजार रूपैयाँ रहेको थियो।

पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताए। प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन्।

संघतर्फको बजेट चार अर्ब ९९ करोड ६३ लाख २३ हजार रूपैयाँ रहेको थियो। त्यसमा पुँजीगततर्फ ६० करोड ११ लाख ३० हजार रूपैयाँ र चालुतर्फ चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रूपैयाँ रहेको थियो। पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए।

संघतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन्। जिल्लामा संघ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2024| 16:55 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्