मंगलबार, पुस ८, २०८२

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

बैतडी- गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड रूपैयाँभन्दा बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ। 

National life

संघ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ रूपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।

संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ रूपैयाँ बजेट आएको थियो। उक्त बजेटमध्ये पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ रूपैयाँ खर्च भएको छ।

यस्तै, पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये ६० करोड ७२ लाख दुई हजार एक सय १६ रूपैयाँ खर्च भएको संघीय कार्यालयहरुमा कुल बजेट छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ रूपैयाँ प्राप्त भएकामा छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ रूपैयाँ खर्च भएको छ। यसरी गत आर्थिक वर्षमा संघीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए।

यस्तै, प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ। यस्तै, पुँजीगततर्फ एक अर्ब ८२ करोड २१ लाख ४५ हजार रूपैयाँ बजेट प्राप्त भएकामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रदेशका कार्यालयहरुमा गत आर्थिक वर्षमा दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ रूपैयाँ बजेट आएकामा दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ रूपैयाँ खर्च भएको छ। प्रदेशका कार्यालयबाट ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ रूपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

प्रकाशित: Jul 21, 2024| 17:31 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्