शनिबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिए, केन्द्रकै समीकरणमा सरकार बन्ने

लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिए, केन्द्रकै समीकरणमा सरकार बन्ने

 |  आइतबार, साउन ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

vianetvianet

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्। नेकपा  एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची थियो।

तर विश्वासको मत नपाउने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। महराको राजीनामापछि कांग्रेस र एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन्।

आजै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि राजीनामा दिएका छन्। त्यहाँ कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बन्ने भएको छ।

गत असार १७ मा एमाले र कांग्रेसबीच सरकार गठनको सहमति भएसँगै माओवादी संघीय र प्रदेशका सबै सरकारबाट बाहिरिएको छ।

प्रकाशित: Jul 21, 2024| 15:36 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्